अर्घाखाँचीमा २ अर्ब८० करोड ३२ लाख बजेट : कुन पालिकामा कति ?

सागर महत /अर्घाखाँची ।
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को शनिबार प्रस्तुत गरेको बजेटमा अर्घाखाँची जिल्लाका  ६ वटा स्थानीय तह लाई २ अर्ब ८० करोड ३२ लाख रुपैयाँ बजेट विनियोजित भएको छ । जिल्लामा तिन नगरपालिका र तिन गाउँपालिका रहेका छन ।३ वटा नगरपालिकामा कुल १ अर्ब ५७ करोड ४७ लाख रुपैयाँ बजेट विनियोजन भएको छ।
सन्धिखर्क नगरपालिकामा ५९ करोड ५ लाख , शितगंगा नगरपालिकामा ५२ करोड २० लाख ,भूमिकास्थान नगरपालिकामा ४६ करोड २० लाख बजेट विनियोजन भएको छ ।
यस्तै गाउँपालिका तर्फ ३ वटा गाउँपालिकामा १ अर्ब २२ करोड ८५ लाख बजेट विनियोजन भएको छ । जसमध्ये मालारानी गाउँपालिकामा ४४ करोड २४ लाख,पाणिनी गाउँपालिकामा ४१ करोड ९५ लाख र छत्रदेव गाउँपालिकामा ३६ करोड ६६ लाख बजेट विनियोजन भएको छ ।नगरपालिका र गाउँपालिकाको तुलनामा सबै भन्दा बढी बजेट सन्धिखर्क नगरपालिकामा ५९ करोड ५ लाख विनियोजन भएको छ भने सबै भन्दा कम बजेट छत्रदेव गाउँपालिकामा ३६ करोड ६६ लाख बजेट विनियोजन भएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close