भारतमा विषालु रक्सी खादा ५१ जनाको मृत्यु

काठमाण्डौ । भारतमा विषालु रक्सी खाएर ५१ जनाको मृत्यु भएको छ । जसअन्तर्गत भारकै उत्तर प्रदेशमा विषालु रक्सी खाएर ५१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।कोरोना भाइरस रोक्नको लागि गरिएको निषेधाज्ञामा लुकाएर बेचिएको रक्सी गाउँलेहरुले किनेर खाँदा मृत्यु गएको बीबीसीले जनाएको छ । अहिले स्थानीय प्रशासनले सबै किसिमबाट हुने जाँडरक्सीको उत्पादन तथा व्यापार बन्द गराएको छ ।

अस्पतालमा अहिलेसम्म विषालु रक्सी खाएर  मृत्यु भएको आशङ्कामा ६२ जनाको पोस्टमार्टम गरिएकोमा ५१ जनाको मृत्युको कारण विषालु रक्सी देखिएको हो । सरकारी अधिकारीहरुले भने अहिलेसम्म २५ जनाको ज्यान गएको पुष्टि गरेका छन् । अझै धेरै व्यक्ति गम्भीर अवस्थामा उपचार गराइरहेका छन् ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close