शितगंगामा ट्याक्टर दुर्घटना ४ जना घाइते

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिकामा ट्याक्टर दुर्घटनामा ४ जना घाइते भएका छन् । विद्युत बिस्तारकोलागि कपिलबस्तुबाट शितगंगाको सिद्धारामा तार लिएर जादै गरेको लु४त ५४१२ नम्वरको ट्याक्टर गोरुसिंगे सन्धिखर्क सडकको शितगंगा नगरपालिका १२ तारिकेमा दुर्घटना भएको इलाका प्रहरी कार्यलय ठाडाले जनाएको छ । ब्रेक फेल भएर भएको ट्याक्टर दुर्घटनामा विद्युत विस्तारमा काम गर्ने ४ जना मजदुर घाइते भएका छन ।
चारै जनालाई उपचारकालागि प्रादेशिक अस्पतला बुटबल पठाइएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक माधब बुढाथोकीले जानकारी दिनु भयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close