अर्घाखाँचीमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि,१ सय २६ जना डिस्चार्ज

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा ८ जना,भुमिकास्थान नगरपालिकामा ४ जना,शितगंगा नगरपालिकामा १ जना,मालारानी गाउँपालिकामा ३ जना,पाणिनी गाउँपालिकामा १ जना र छत्रदेव गाउँपालिकामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यो सँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या २ हजार ६४ पुगेको छ भने गएको २४ घण्टा मा जिल्ला भर बाट १ सय २६ जना कोरोना लाई जितेर डिस्चार्ज भएका छन ।

यो सँगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या १५ सय६१ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।अब जिल्ला मा सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ४९ पुगेको छ ।आज कोरोना संक्रमण बाट जिल्लाको भुमिकास्थान नगरपालिकामा १ जनाको मृत्यु भएको छ ।यो सँगै जिल्लामा हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close