अर्घाखाँचीमा थप २० जनामा कोरोना संक्रमण पुष्टि ,एकै दिन १सय १२ जना कोरोना मुक्त

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा ७ जना,भुमिकास्थान नगरपालिकामा १ जना,शितगंगा नगरपालिकामा ८ जना,मालारानी गाउँपालिकामा २ जना,पाणिनी गाउँपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यो सँगै जिल्ला मा कुल कोरोना संक्रमित संख्या २ हजार ९८ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभर बाट १ सय १२ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन ।यो सँगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या १६ सय ७३ पुगेको छ ।अब सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ७१ पुगेको छ । कोरोना संक्रमण कारण जिल्ला मा मृत्यु हुनेको संख्या ५४ रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close