मन्त्री भएको १ दिनपछि उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोको पुत्ला दहन

काठमाण्डौं ।नवनियुक्त उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोको पुत्ला दहन काठमाण्डौंमा गरिएको छ। हिजो मात्र मन्त्री हुनुभएका महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानको विरुद्ध भएकाले पुत्ला जलाएको नेकपा एमाले माधव नेपाल समूहको अनेरास्ववियुले जनाएको छ ।

पुतला दहनमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि नाराबाजी गरिएको थियो। पुत्ला दहन गर्ने केहि विद्यार्थी नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close