जिउँदो मान्छेलाई श्रद्धाञ्जली !

डम्मर बुढा मगर,/बागलुङ ।शनिबार दिउसो तीन बजे गलकोट नगरपालिका वडा नम्बर १० पाण्डपखानीका वडा अध्यक्ष तिलक घर्ती मगरको मोवाइलमा स्वास्थ्य संयोजक मिनराज गैरेको फोन आयो । ‘तिलक सर बोल्नुभयो ?, तपाई ठिकै हुनुहुन्छ सर ?’ गैरेले प्रश्न गरे ।

‘हजुर सर मलाई आरमै छ, म ठिक छु’ अध्यक्ष मगरले जवाफ दिए । गैरेले ‘खुसी लाग्यो, भन्दै लामो श्वास फेरे’ । अध्यक्ष मगरले प्रश्न गरे ‘किन के भयो र सर ?’ त्यसपछि गैरेले भने ‘सर तपाईको बारेमा दुःखद खबर सामाजिक सञ्जालमा आएको थियो, म त झस्किँदै तपाईलाई फोन गरेको ।’

गरैको फोन आएपछि अध्यक्ष घर्ती मगरलाई देश तथा विदेशबाट फोन आउन थाले । उनलाई फोन गरेका अधिकांशले सोधे ‘तपाई तिलक सर बोल्नु भो ?, तपाई सञ्चै हुनुहुन्छ ?’ उहाँलाई यसको जवाफ दिन भ्याइनभ्याइ भयो ।

शनिबार दिउसो गलकोट अपडेट र गलकोट बागलुङ नेपाल फेसबुक एकाउन्टबाट अध्यक्ष घर्तीलाई श्रद्धाञ्जली दिइएको थियो । ती दुवै फेसबुक एकाउन्टमा ‘निष्ठुरी दैव, तलाई नी राम्रै मान्छे चुन्नु पर्ने ? गलकोट नगरपालिका वडा नम्बर १० पाण्डवखानीका वडा अध्यक्ष र नेपाल राष्ट्रिय मगर संघ जिल्ला अध्यक्ष समेत रहनु भएका तिलक मगर जी प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चान्छौ ।
रेस्टि इन पिस । शोकाकुल परिवारलाई धैरै धारण गर्ने शक्ति मिलोस्’ भन्दै दुख व्यक्त गरिएको छ ।

अध्यक्ष मगरले इन्टरनेट अवरुद्ध भएको कारण त्यो पोस्ट तत्कालै हेर्न सक्नु भएन । साँझ मात्रै त्यो पोस्ट देखेपछि अध्यक्ष मगरले आफ्नो फेसबुक एकाउन्ट मार्फत आफू सकुशल रहेको जानकारी गराउनु भएको छ ।

अध्यक्ष घर्तीले आफ्नो फेसबुक एकान्टमा लेख्नु भएको छ । ‘कोहि मित्रले जे साँेच्दै हुनुहुन्थ्यो, भगवानको कृपाले त्यो अहिले नै नहोस्, आखिर जन्मसँगै मृत्यु सत्य छ । केही मित्रजनबाट मेरो बारेमा मृत्यु परान्त दिइने सद्भाव प्रकट गर्नु भएको रहेछ । मेरो शुभ चिन्तक आफन्त तथा सम्पुर्ण साथीहरूमा यो गलत भएको र म सकुशल रहेको जानकारी गराउदछु ।’

केही दिनदेखि हावाहुरीले गर्दा फोन इन्टरनेट अबरुद्ध भएको हुँदा सामाजिक सञ्जाल हेर्न नपाएको र फोन समेत गर्न नसकेको भन्दै उहाँले पछि त्यो पोस्ट देख्दा आफूलाई पनि दुःख लागेको उहाँले बताउनुभयो ।

‘विहानैदेखि फोन इन्टरनेटले कामै गरेको थिएन, त्यसले गर्दा सामाजिक सञ्जालहरु पनि हेर्न पाएको थिएन, फोन पनि भएको थिएन, दिउसो एक्कासी मिनराज सरले फोन गरेर त्यस्तो कुरा सुनाउँदा म आफै झस्किए, त्यसपछि धेरै सार्थीहरुले फोन गर्न थाल्नुभयो’ अध्यक्ष मगरले भन्नुभयो ।

अध्यक्ष मगरले आफूलाई कुनै पनि स्वास्थ्य समस्या नभएको र गाउँमै काम गरेर बसि रहेको भन्दै यसले आफ्नो शुभ चिन्तकहरुमा असर पुगेको बताउनुभयो । आफूले यस विषयमा जिल्ला प्रहरी कार्यालय बागलुङमा जानकारी गराएको भन्दै उहाँले आइतबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा उजुरी दिने बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close