थप ५ हजार १सय ५३ जनामा कोरोना संक्रमण पुष्टि,सय भन्दा बढीको मृत्यु

काठमाण्डौं ।नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार १ सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ६५ जनाको पीसीआर परीक्षण गर्दा ३हजार ८सय ७० जना र ५हजार ६ सय ११ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ८३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६ लाख ११ हजार ३ सय आठ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा ६ हजार ५ सय ७० जना निको भएसँगै निको हुनेको सङ्ख्या ५ लाख ४हजार ५सय ३० पुगेको छ । अब नेपालमा ८२ हजार ७सय ३६ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा १ सय ८ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ हजार ९८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close