भारतको उत्तर प्रदेशमा सवारी दुर्घटनामा परि १७ जनाको मृत्यु

काठमाण्डौं ।भारतको उत्तर प्रदेशको कानपुरमा गएराति भएको सवारी दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ ।लखनउबाट दिल्लीका लागि छुटेको बस र लोडर ठोक्किँदा
दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।तिव्र गतिको बसले ठक्कर दिएको लोडर सडक किनारमा खसेको छ भने बस सडकमै पल्टिएको छ । उक्त दुर्घटनामा ज१० जना भन्दा धेरै घाइते भएका र उनीहरुको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।मृत्यु हुनेहरुमा धेरैजसो मजदुर रहेका छन् । उनीहरु लोडरमा सवार रहेका भारतीय प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close