गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा पदमुक्त

काठमाण्डौं ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त हुनुभएको छ। आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकोमा पक्षमा २७ मत मात्रै प्राप्त गर्नुभयो ।अब संविधानको धारा १६८ं(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।मतदानमा ५८ जना प्रदेश सभा सदस्य उपस्थित थिए भने ५७ जनाले मतदान गरेका थिए।

मुख्यमन्त्री गुरूङको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत आएको छ।गण्डकीमा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका दुई, राष्ट्रिय जनमोर्चाका तीन जना र एक जना स्वतन्त्र सांसद छन् ।यो सँगै नेकपा एमालेले गण्डकी प्रदेशमा सरकारको नेतृत्व गुमाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close