कांग्रेस नेता डा.मुक्ति श्रेष्ठद्वारा अर्घाखाँचीमा करिव ३० लाखको स्वास्थ्य सामाग्री प्रदान

सागर महत/ अर्घाखाँची ।अर्घाखाँचीका सहयोगी संजाल र कांग्रेस नेता डा.मुक्ति श्रेष्ठ द्वारा जिल्लाका ६ वटा स्थानीय तह लाइ करिव ३० लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न सुरु गरिएको छ ।
जसमध्ये जिल्लाका तिन नगरपालिका र तिन गाउँपालिका लाइ २ वटाका दरले १२ थान अक्सिजन कन्सेटेटर, प्रत्येक पालिकामा १० लिटरका दरले ६० लिटर सेनिटाइजर,१ हजार थान सर्जिकल माक्स लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिने कांग्रेस नेता डा. श्रेष्ठले जानकारी दिनुभयो ।
जसअन्तर्गत पहिलो चरणमा सन्धिखर्क नगरपालिकामा रहेको अर्घाखाँची अस्पतालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो। स्वास्थ्य सामाग्री हस्तान्तरणमा सन्धिखर्क नगरपालिका नगरप्रमुख कमल प्रसाद भुसाल,कांग्रेसका जिल्ला पार्टी सभापति विष्णु प्रसाद खनाल (मुस्कान )लगायतको सहभागीता रहेको थियो ।
बाँकी स्वास्थ्य सामाग्री सामाजिक अभियान्ता सचिन पाण्डे र विष्णु सुवेदीको टिमले अन्य पालिकामा पुराउन सुरु गरेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close