अर्घाखाँचीमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा थप १३ जनामा जनामा कोारोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा ४ जना,भुमिकास्थान नगरपालिकामा ८ जना र शितगंगा नगरपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या २३ सय २५ पुगेको छ भने पछिल्लो २४ घण्टामा ४० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएसँगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या १९ सय ४३ पुगेको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ । अब जिल्लाभरमा ३ सय २० जना सक्रिय संक्रमित रहेका छन ।

यस्तै कोरोना संक्रमण बाट हाल सम्म जिल्लाभरमा मृत्यु हुनेको संख्या ६२ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानाकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close