अर्घाखाँचीमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा ५ जना,भुमिकास्थान नगरपालिकामा १ जना र छत्रदेव गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या २३ सय ६४ पुगेको छ भने हाल सम्म कोरोना मुक्त हुनेको संख्या २ हजार १० पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अब जिल्लाभरमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ९२ पुगेको छ । यस्तै हाल सम्म कोरोना संक्रमण बाट जिल्लाभरमा मृत्यु हुनेको संख्या ६२ रहेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close