अर्घाखाँचीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये भुमिकास्थान नगरपालिकामा १ जना र मालारानी गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो सँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या २३ सय८२ पुगेको छ भने पछिल्लो २४ घण्टामा लिल्लाभर बाट ३३ जना कोरोना मुक्त भए सँगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या २ हजार ४३ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अब जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय ७६ पुगेको छ । कोरोना संक्रमण बाट हाल सम्म जिल्लाभरमा मृत्यु हुनेको संख्या ६३ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close