राष्ट्रपतिलाई प्रधानमन्त्रीको विश्वासको मत परीक्षण गर्ने अधिकार छैनःसभामुख सापकोटा
काठमाण्डौं।सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिलाई प्रधानमन्त्रीको विश्वासको मत परीक्षण गर्ने अधिकार नरहेको बताउनुभएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सभामुख सापकोटाले राष्ट्रपति र प्रधानमन्त्रीले संवैधानिक नैतिकता, निष्पक्षतावाद, सुशासन, संस्कार, विश्वासको वर्खिलाफ प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउनुभएको छ ।
प्रधानमन्त्री केपी ओलीको पक्षमा प्रतिनिधिसभाका जम्मा ९३ सदस्यको समर्थन रहेको पछिल्लो प्रमाणित तथ्य भएको सभामुखले उल्लेख गर्नुभएको छ। यही तथ्यमा टेकेर सभामुखले ओलीले ७६ (५) बमोजिम प्रधानमन्त्रीमा दाबी गर्न संवैधानिक र नैतिक रुपले नमिल्ने बताउनुभएको छ ।
कमेन्ट गर्नुहोस !