गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्रले विश्वासको मत लिँदै

काठमाण्डौं ।गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै हुनुहुन्छ । बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिनुभयो ।

संविधानको धारा १६८ (५)अनुसार मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । मुख्यमन्त्री पोखरेललाई काँग्रेससहित, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक जना स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन रहेको छ ।गण्डकी प्रदेश सभा ६० सदस्यीय थियो। उक्त संख्याको बहुमत ३१ पुर्‍याएर कृष्णचन्द्र मुख्यमन्त्री बन्नुभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close