शारिरिक अपाङ्गता भएका बालबालिकाका परिवार लाई राहत सामाग्री वितरण

सागर महत /अर्घाखाँची ।
विकलाङ्ग मित्र समुह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र सक्षम परियोजना अर्घाखाँचीको आयोजनामा शारिरिक अपाङ्गता भएका बालबालिकाको परिवार लाई राहत सामाग्री वितरण गरिएको छ ।जसमध्ये पहिलो चरणमा सन्धिखर्क नगरपालिका भित्रमा लकडानका कारण दैनिकि चलाउन गाह्रो भएका विपन्न ८ घर परिवार लाई राहत सामाग्री वितरण गरिएको हो । जसमा प्रति परिवार ३० केजी चामल,२ लिटर तेल,२ केजी चिनी,३ केजी दाल ,२ केजी नुन ,नुहाने साबुन ४ पिस,सेनेटाइजर आधा लिटर लगायतका सामाग्री वितरण गरिएको परियोजना अर्घाखाँचीका सुपरभाइजर श्याम सुन्दर ढुंगानाले बताउनुभयो ।

No description available.

३० घर परिवार लाई राहत वितरण गर्ने कार्यक्रम मध्ये ८ घर परिवार लाई राहत सामाग्री वितरण गरिएको छ भने अब २२ घर परिवार लाई सन्धिखर्क नगरपालिका बाहेकका पालिकामा राहत सामाग्री वितरण गर्ने परियोजना सहायक रक्षा पाण्डेले जानकारी दिनुभयो ।
कार्यक्रम सृर्जनशिल अपाङ्ग सरोकार केन्द्रका प्रमुख फर्सुराम पाण्डेको प्रमुख आतिथ्यता सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार विक (किशोरको) अध्यक्षता परियोजना अर्घाखाँचीका सुपरभाइजर श्याम सुन्दर ढुंगानाको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।राहत सामाग्री सिबिएमको आर्थिक सहयोगमा वितरण गरिएको हो ।

No description available.

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close