देउराली यातायात अर्घाखाँची प्रालीले करिव ७३ लाख ७५ हजार बराबरको राहत वितरण गर्ने

सागर महत /अर्घाखाँची ।
देउराली यातायात अर्घाखाँची प्रालीले ७३ लाख ७५ हजार रुपैयाँ बराबरको राहत वितरण गर्ने भएको छ । लकडाउनका कारण मारमा परेका प्रालिका गाडी धनी, चालक, सहचालक र कर्मचारीलाई संस्थाले राहत वितरण गर्न लागेको सस्थाका अध्यक्ष गोविन्द बन्जाडेले बताउनुभयो ।
कोरोनाको महामारीका कारण लकडाउनको मारमा परेका यातायात व्यवसायीलाई पर्न गएको कठिन समस्यालाई मध्यनजर गरी प्रालिमा आबद्ध भइ सञ्चालनमा आएका १ सय ४३ सवारी साधनका सम्बद्ध सबैलाई राहत वितरण गर्न थालेको छ।
वि.स. २०६१ सालमा स्थापना भएको यस संस्थासँग अहिले जीप, हाइस ,मिनि बस गरेर एक सय ४३ वटा सवारी साधन रहेका छन् ।प्रालीले गाडी धनीलाई ४३ हजार, चालकलाई ५ हजार, सहचालकलाई २ हजार रुपैयाँका ,कर्मचारीलाई प्रतिव्यक्ति ५ पाँच हजार रुपैयाँका दरले राहत दिने समितिको निर्णय गरेको समितिका कोषाध्यक्ष नारायण खड्काले बताउनुभयो । लकडानकाकारण गाडी नचल्दा किस्ता तिर्न समेत गाह्रो भएका गाडी धनी राहत पाउने भएपछि खुशी भएका छन ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close