अर्घाखाँचीमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि,५४ जना डिस्चार्ज

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा ३ जना,भुमिकास्थान नगरपालिकामा ११ जना,शितगंगा नगरपालिकामा ३ जना,मालारानी गाउँपालिकामा १ जना र छत्रदेव गाउँपालिकामा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या २४ सय ८२ पुगेको छ भने गएको २४ घण्टामा जिल्लाभर बाट ५४ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भए सँगै हाल सम्म डिस्चार्ज हुनेको संख्या २१ सय ८० पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अब सक्रिय कोरोना संक्रमितको संख्या २ सय ३८ पुगेको छ । कोरोना संक्रमण बाट हाल सम्म मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close