२० जना मन्त्रि पदमुक्त

काठमाण्डौं ।सर्वोच्चको आदेशमा आज मन्त्रिमण्डल विस्तार हुँदा मन्त्री भएका २० जना पदमुक्त भएका छन् । आज सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले उक्त आदेश दिएको हो ।कामचलाउ सरकारलाई मन्त्रिपरिषद् विस्तारको अधिकार नहुने भन्दै गएको जेठ २१ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायत नौ जनाले मन्त्रिपरिषद् विस्तारविरुद्ध रिट दायर गरेका थिए ।

कोको भए पदमुक्त ?

सर्वोच्चको अन्तरिम आदेशसँगै अर्थमन्त्री विष्णु पौडेलको उपप्रधानमन्त्री पद गएको छ भने दुई उपप्रधानसहित १७ मन्त्री र तीन राज्यमन्त्री पदमुक्त भएका छन् ।

  • उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रघुवीर महासेठ
  • उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री राजेन्द्र महतो
  • गृहमन्त्री खगराज अधिकारी
  • उर्जामन्त्री शरतसिंह भण्डारी
  • खानेपानीमन्त्री अनिलकुमार झा
  • स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङ
  • उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादव
  • भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री लक्ष्मणलाल कर्ण
  • सञ्चार तथा सूचनामन्त्री नैनकला थापा
  • कृषि तथा पशुपक्षीमन्त्री ज्वालाकुमारी साह
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विमलप्रसाद श्रीवास्तव
  • संघीय, पर्यटन तथा पर्यटन उड्डयनमन्त्री उमाशंकर अरगरिया
  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरी
  • युवा तथा खेलकुदमन्त्री एकवाल मियाँ
  • वन तथा वातावरणमन्त्री नारदमुनि राना
  • संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशकुमार पहाडी
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने मन्त्री मोहन बानियाँ
  • उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री चन्द्रकान्त चौधरी
  • महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रेणुका गुरुङ
  • वन तथा वातावरण राज्यमन्त्री आशाकुमारी विक

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close