अर्घाखाँचीमा तास खेलिरहेका अवस्थामा ९जना पक्राउ

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा प्रहरीले तास खेलिरहेको अवस्थामा ९जनालाई पक्राउ गरेको छ।जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ४ चाक्लामा तास खेलिरहे अवस्थामा ईलाका प्रहरी कार्यालय ठाडा बाट खटिएको टोली बाट विशेष सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
प्रहरीले उनीहरु बाट ७६ हजार नगद र तास बरामत गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी गणेश खनालले जानकारी दिनुभयो ।पक्राउ पर्नेमा शितगंगा नगरपालिका वडा नम्बर २,३ र ४ का रहेको प्रहरी जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close