अर्घाखाँचीको करिव १२ हजार हेक्टर सिमा बिवाद वन क्षेत्रमा काँडे तार लगाउँछु मन्त्रीः पाण्डे

सागर महत /अर्घाखाँची ।
लुम्बिनी प्रदेश सरकारका उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले प्रदेश सरकार बाट वन ऐन पारित नहुँदा काम गर्न समस्याका भएको गुनासो प्रदेश भरिका १२ वटा जिल्ला बाट आएकाले संसदबाट तत्कालनै वन ऐन पारित गरिने बताउनुभएको छ ।गृह जिल्ला अर्घाखाँचीमा विभिन्न कार्यक्रममा सहभागी हुन आउनुभएकी पाण्डेले अर्घाखाँची र कपिलबस्तुको सिमा बिवाद रहेको करिव १२ हजार हेक्टर वन  क्षेत्रफलमा आफ्नै कार्यकालमा काँडे तार लगाउने बताउनुभएको छ ।No description available.
सोहि क्रममा डिभिजनल वन कार्यालय अर्घाखाँचीले ११ महिनाको अवधिमा कुल बजेट ७ करोड ५ लाख ३० हजार मध्ये ५ करोडको ९१ लाख ६३ हजारको कार्यसम्पादन भएको डिभिजनल वन कार्यालय अर्घाखाँचीका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी गराउनुभएको थियो । प्रतिशतका हिसावले ७९ प्रतिशत कार्यक्रम सम्पन्न भएको जानकारी गराउनुभएको थियो ।

 

No description available.

No description available.

No description available.

No description available.

यस्तै उद्योग, वन तथा वातावरण मन्त्री पाण्डेले जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर २मा रहेको बल्कोट प्राथमिक स्वास्थ केन्द्र लाई ६ थान अक्सिजन सिलिन्डर २५ थान पिपिई,फेसिय ४५ थान,२५ थान ग्राण्ड सेनिटाइजर १ हजार सर्जिकल माक्स प्रदान गर्नुभएको थियो ।

No description available.

मन्त्री भई पहिलो पटक गृह जिल्ला आउनुभएकी पाण्डे लाई जिल्लाको छत्रदेव गाउँपालिाकामा पनि सम्मान गरिएको सम्मान कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेल ,गाउँपालिका उपाध्यक्ष तुल्सा देवी श्रेष्ठ,वडा नम्बर २ का वडा अध्यक्ष राजेश पन्थी, वडा नम्बर ३ का अध्यक्ष तेजप्रसाद खनाल ,वडा नम्बर ५ का अध्यक्ष बालकृष्ण श्रेष्ठ ,मन्त्रीका निजी सचिव मनोज न्यौपाने, मन्त्रीका सल्लाकार श्रिनिवास यादव लगायतको सहभागी रहेको थियो ।

May be an image of 6 people, including Tulsi Devi Shrestha and people standing

No description available.

No description available.

No description available.

No description available.

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close