ब्याडमिन्टसन संघ अर्घाखाँचीद्वारा मन्त्री पाण्डेलाई सम्मान

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा रहेको जिल्ला ब्याडमिन्टसन संघले लुम्बिनी प्रदेश सरकारका उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डे लाई सम्मान गरेको छ । मन्त्री भएपछि पहिलो पटक जिल्ला आउनुभएकी पाण्डे लाई एक कार्यक्रमका बिच सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले कबड हल मर्मतको लागि हाल १० लाखको बजेट छुट्याएको र आगामी दिनमा जिल्लामा खेल क्षेत्रको विकासको लागि सहयोग गर्न तयार रहेको बताउनुभएको हो।

No description available.

सम्मान कार्यक्रममा मन्त्री पाण्डेले बजेट पारेकोमा धन्यवाद दिदै ब्याडमिन्टसन संघले सदरमुकाम सन्धिखर्कमा रहेको एक मात्र ठुलो कबड हल मर्मतको लगि अझै  केहि काम बाँकी रहेकोले मन्त्री सँग थप बजेट माग गरेका थिए ।यस अघि प्रयोग बिहिन रहेको कबड हल लाई युवा खेलाडीले व्यक्तीगत लगानीमा संचालनमा ल्याएको बताएका हुन।

कार्यक्रम संस्थाका अध्यक्ष ज्ञानेद्र घिमिरेको अध्यक्षता,सन्धिखर्क नगरपालिका वडा नम्बर १२ का अध्यक्ष नाराण खड्काको स्वागत मन्तव्य,विष्णु परियारको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close