अर्घाखाँचीमा २६ हजार २ सय ७ विभिन्न किसिमका विरुवा लगाईयो

सागर महत /अर्घाखाँची ।
राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा डिभिजनल वन कार्यालय अर्घाखाँचीले विभिन्न किसिमका विरुवा लगाएको छ । जिल्लाका ६ वटा स्थानीय तहमा २६ हजार २ सय ७ विभिन्न किसिमा विरुवा लगाईएको डिभिजनल वन कार्यालय अर्घाखाँचीले जनाएको छ । जसमध्ये टिमुर ११ हजार,तेजपात ८ हजार ,चिउरी १६ सय,चाप १६ सय र अन्य डालेघाँसका विरुवा रहेको डिभिजनल वन कार्यालय अर्घाखाँचीका सहायक वन अधिकृत मोतीराम पौडेलले जानकारी दिनुभयो ।

No description available.

वन क्षेत्रलाई अर्थतन्त्रको मेरूदण्ड बनाउने लक्ष्यका साथ बिगतका बर्षहरूदेखि पकेट क्षेत्र विशेष कार्यक्रम संचालन गर्दै आएकोमा यश बर्षदेखि टिमुर पकेट क्षेत्र विस्तार गर्ने गरि जिल्लाका विभिन्न स्थानहरूमा करिब ५० हजार टिमुर वृक्षारोपणको लक्ष्य समेत राखिएको बताईएको छ ।

No description available.वृक्षारोपण कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, सन्धिखर्क नगरपालिकाका नगरउप्रमुख ठाकुर कुमार विक ,डिभिजनल वन कार्यलय अर्घाखाँचीका प्रमुख मोहनप्रसाद श्रेष्ठ, सहायक वन अधिकृत यादव सापकोटा, शिला पोखरेल, स्थानीय विभिन्न संस्था, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको उपस्थिति थियो। साथै कार्यक्रममा विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो।

May be an image of 1 person, standing, grass and tree

No description available.

No description available.

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close