अर्घाखाँचीमा असार २२ गतेसम्म निषेधाज्ञा थप, सवारी साधन जोर बिजोरमा चल्न पाउँने

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा असार २२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको वैठकले निषेधाज्ञा केही खुकुलो गरि लम्ब्याउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
यस अघि १५ गते सम्म जारी गरिएको निषेधाज्ञामा किराना पसल र अत्यावश्यक सामग्रीका पसल दिउँसो ४ बजेसम्म खुल्दै आएकोमा अब देखि बिहान ५ बजे देखि साझँ ६ बजे सम्म नेपाल सरकारले तोकेका स्वस्थ्य मापदण्ड पुरा गरि खोल्न पाईने प्रमुख जिल्ला अधिकारी विष्णु पौडे्लले जानकारी दिनुभयो ।

यस्तै जिल्लाभित्र सार्वजनिक तथा निजी सवारी साधन जोर बिजोर अनुसार सञ्चालनमा आउने भएका छन भने होटल तथा रेष्टुराहरुले होमडेलीभरी तथा टेकवे सेवा सञ्चालन गर्न सक्नेछन् । सबै कार्यालयहरुले सेवा नियमित रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि गर्न पाईने प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिर्नुभयो । धार्मिक स्थल,सभा सम्मेलन, पार्टी प्यालेस ,विद्यालय क्याम्पस लगायतका क्षेत्र बन्द रहने छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close