अर्घाखाँचीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि,१६ जना डिस्चार्ज

सागर महत /अर्घाखाँची ।अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा २ जना,भुमिकास्थान नगरपालिकामा ३ जना,शितगंगा नगरपालिकाम २ जना र मालारानी गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या २५ सय ७२ पुगेको छ भने गएको २४ घण्टमा जिल्लाभर बाट १६ जना कोरोना संक्रमण मुक्त भए सँगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या २३ सय १८ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ। अब जिल्लाभरमा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ८९ पुगेको छ। यस्तै कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ६५ रहेको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close