गुल्मीमा २२ गतेसम्म थपियो निषेधाज्ञा

गुल्मीमा यही असार २२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । केही परिमार्जनसहित जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले असार २२ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय पुन: कोरोना संक्रमण वृद्धि हुन थालेपछि निषेधाज्ञा थप कडा गरिएको छ । खाद्यवस्तु बेच्ने पसलहरु दैनिक ८ घण्टा खोलिँदै आएकोमा घटाएर अब ७ घण्टा मात्रै खोल्न दिइने भएको छ ।

निषेधाज्ञाका अवधिमा अत्यावश्यक उपभोग्य खाद्य बस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण सामग्रीका पसलहरु, एग्रोभेट, बिहान ७ देखि १ बजेसम्म खुलाउन पाइने भएको भएको हो ।

यस्तै बैंक तथा वित्तीय संस्था, सहकारी, बीमा कम्पनीहरु दिउँसो ३ बजेसम्म सन्चालन गर्न पाउने भएका छन् ।

तोकिएको समयमा खाद्यवस्तु बेच्ने पसलहरु र बैंक तथा वित्तीय संस्था, फेन्सी पसल, इलेक्ट्रोनिक पसल, टेरलिङ, सुनचाँदी पसल, स्टेशनरी तथा पुस्तक पसल पनि खोल्न पाइने छ ।

निषेधाज्ञामा खाद्ययन्न, तरकारी, फलफूल, दूध, पानी, औषधि,बोक्ने मालवाहक गाडी र एम्बुलेन्स बाहेक मोटरसाइकलसहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको छ ।

जिल्लामा संचालित सैलुन, ब्युटिपार्लरहरु, सार्वजनिक यातायात भने संचालनमा पनि पूर्ण रुपमा रोक लगाइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close