अर्घाखाँचीमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि,१ को मृत्यु

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा ५ जना,भुमिकास्थान नगरपालिकामा १ जना र पाणिनी गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या २५ सय ७९ पुगेको छ भने हाल सम्म कोरोना मुक्त हुनेको संख्या २३ सय १८ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अब जिल्लभरमा सक्रिय कोरोना संकमितको संख्या १सय ९५ रहेको छ। यस्तै गएको २४ घण्टामा कोरोना संक्रमण बाट सन्धिखर्क नगरपालिका वडा नम्बर ६ कि ७५ वर्षकी १ महिलाको मृत्यु भए सँगै हाल सम्म कोरोना संक्रमण बाट जिल्लामा मृत्यु हुनेको संख्या ६६ पुगेको छ

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close