कविता- भानुभक्त

क्षितिज महत

हे भानुभक्त ! तपाइको छ लीला अपरम्पार
एउटा घाँसीले खोलिदियो तपाइको ज्ञानको द्धार ।
तपाइले प्राप्त गर्नुभयो शिक्षा संस्कृतमा
जसले सहि विकास गर्यो ज्ञान र सिपमा ।।

निराश भई कहिल्यै पनि बगेनन् आँशुका थोपा
त्यसैले त काराबासमा पनि लेख्नुभयो धेरै कविता ।
जनता कहिल्यै पनि भएनन् तपाइको बिरुद्ध
त्यसैले त रिहा हुनुभयो भएकैले प्रसिद्ध ।।

राम्रा राम्रा कविता लेखेकाले बढ्यो तपाइको मान
त्यसैले दिइयो तपाइलाई आदिकविको सम्मान ।
भएपछि तपाइको यो संसारबाट भौतिक निधन
धेरै दुख्यो हामी सबै नेपालीको कोमल मन ।

सम्झनामा भानुजयन्ती मनाउने परम्परा
जसले भयो हाम्रो देश साहित्यले हराभरा ।।

-क्षितिज महत
कक्षा ८, एलआरआई स्कुल, काठमाण्डौं ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close