भुमिकास्थान नगरपालिकामा कार्यसम्पादन सम्बन्धमा सार्वजनिक सुनाई कार्यक्रम सम्पन्न

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आर्थिक वर्ष २०७७/०७८ को कार्यसम्पादन तथ सेवा प्रवाह सम्बन्धमा सार्वजनिक सुनाई कार्यक्रम भएको छ ।कार्यक्रममा बोल्दै नगरप्रमुख रेशम थापाले जनताको जनभावना अनुसार नगरपालिकाले काम गदै आएको बताउँनुभएको छ ।कतै भुलबस गल्ती कमजोरी भएको भए सच्याएर जान तयार रहेको नगरप्रमुख थापाले बताउँनुभयो ।

No description available.
यस्तै उपप्रमुख खडानन्द बेल्बासेले आफुले कुनै पनि योजना अनुगमन गर्दा फिल्डमा गइ अनुगमन गदै आएको बताउँनुभयो ।अनुगमनको क्रममा सबै वडा तहमा पुग्ने गरेको कारण बहस पुग्न नसकेका वडामा वडा अध्यक्ष लाई अनुगमन गर्न जिम्मेवारी दिएको बताउँनुभयो ।

No description available.
प्रमुख प्रशासकिय अधिकृत लिलबहादुर राउत क्षेत्रीले अन्य नगरपालिका भन्दा भुमिकास्थान नगरपालिका आन्तरिक आयमा निकै कमजोर भएको बताउँनुभयो ।यस्तै कुनै पनि योजनाको बजेट निकासा गर्दा अनुगमन गरेर मात्र बजेट निकासा गदै आएको बताउँनुभयो ।

No description available.
कार्यक्रममा स्थानीयले चुनाव केन्द्रित गरि योजना नबनाउँन आग्रह गरेका छन भने खानेपानी ,सडक ,कृषि ,शिक्षा ,प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका विकास निर्माण कामका बारेमा प्रश्न राखेका थिए ।त्यसको जफाव नगरप्रमुख,उपप्रमुख ,प्रमुख प्रशासकिय अधिकृत,वडा अध्यक्ष ,सम्बन्धीत शाखा क्षेत्रका कर्मचारीले सवाल जफाव दिएका थिए ।

No description available.नगरपालिकाको आर्थिक सहयोग पत्रकार महासंघ अर्घाखाँची शाखाको सहजीकरणमा भएको कार्यक्रममा वडा अध्यक्ष,कर्मचारी,स्थानीय लगायतको सहभागीता रहेको कार्यक्रममा पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष वीरेन्द्र केसीको स्वागत मन्तव्य सहसचिव हृदय कुमार भुसालको संचालन अध्यक्ष अशोक खनालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । साथै नगरपालिकाको विकास निर्माणमा केन्द्रीत ७ बुदे प्रतिबद्धतामा हस्ताक्षर गरिएको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close