लुम्बिनी सरकारको बजेट पास हुन सकेन

बुटवल ।लुम्बिनी प्रदेश सरकारले असार मसान्तभित्र प्रदेशसभाबाट बजेट पास गर्न असफल भएको छ ।आर्थिक वर्ष ०७७÷७८ को अन्तिम दिन मन्त्रीहरुका साथै मुख्यमन्त्री पोखरेलले विनियोजन विधेयकमाथि भएको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुभएको थियो। विपक्षी गठबन्धनले बजेट असफल बनाउने तयारी गरेपछि सत्तारुढ दल नेकपा एमालेले बैठक बहिस्कार गरेको छ ।
बजेटमाथि छलफल गरेर सहमति जुटाउन समय माग गरेर सत्तारुढ दल नेकपा एमालेका सांसदहरु प्रदेश सभा बैठकबाट बाहिरिएका थिए ।छलफलका लागि सभामुखले आधा घण्टाको समय दिएपनि सत्तारुढ दल र विपक्षी गठबन्धनबीच सहमति जुटेन । सत्तारुढ दल र विपक्षी गठबन्धनबीच छलफल नै नभएपछि प्रदेश सभा बैठक सूचना टाँसेर शुक्रबार दिउसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

८३ सदस्यीय प्रदेश सभामा एमालेका ३८ र जनता समाजवादी दलको महन्थ ठाकुर पक्षका ३ जना गरी ४१ जना सांसद् छन् भने विपक्षमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १९, जसपा उपेन्द्र यादव पक्षका ३ जना र राष्ट्रिय जनमोर्चाका १ गरी ४२ जना सांसद छन् ।

सदनमा एमालेको बहुमत नपुगेपछि एमालेले बजेट पास हुन नसक्ने देखेपछि थप छलफलका लागि समय माग्दै बैठक बहिस्कार गरेको थियो । जसका कारण उसैले ल्याएको बजेट अलमलमा परेको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close