श्रीलंका र भारतबीचको एक दिवसीय क्रिकेट आजदेखि सुरु

काठमाडौं । एक दिवसीय क्रिकेट श्रृङ्खलामा भारत र श्रीलंकाबीच आज खेल सुरु हुँदैछ।तीन एकदिवसीय र तीन टी–ट्वान्टी क्रिकेट श्रृङ्खला खेल्न भारतीय टोली श्रीलंकाको राजधानी कोलम्बो पुगेको छ। श्रीलंकाको कप्तानी अलराउण्डर दासुन सानकाले गर्नेछन् भने भारतको नेतृत्व ओपनर ब्याट्स्म्यान शिखर धवनले सम्हाल्नेछन्।

पछिल्लो ५ खेलमा भारत बलियो स्थितिमा छ। जसमा ४ खेल भारतले जित्दा १ खेल श्रीलंकाले आफ्नो पक्षमा पारेको छ। एक दिवसीय श्रृंखलाको पहिलो खेल नेपाली समयअनुसार आज दिउँसो सवा ३ बजे सुरु हुनेछ । ३ एकदिवसीय खेलपछि २५ जुलाईमा ३ वटा टी ट्वान्टी श्रृखंला सुरु हुनेछ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close