अर्घाखाँचीमा भेरोसेयलको पहिलो मात्रा खोप आज र भोली लगाइने

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा भेरो सेयलको पहिलो मात्रा खोप आज र भोली लगाइने स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।जसमा ५५ वर्ष भन्दा माथि नागरिक खोप लगाउन बाँकी रहेका र प्राध्यापक विद्यालयकका शिक्षक,र कर्मचारी,सार्वजनिक यातयातमा कार्यरत चालक,सह—चालक,नेपाल सरकारले तोकेका अत्यावश्यक क्षेत्र लाई समावेश गरेर खोप लगाउने कार्यतालिका रहेका स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय विकले जानकारी दिनुभयो ।

खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जानुपर्नेछ र सम्बन्धीत क्षेत्रमा काम गर्ने व्यक्तीले सम्बन्धीत क्षेत्रमा काम गर्ने प्रमाणको प्रतिलिपि पनि लौजानु पर्ने । यदि यसप्रकारको कागज नभए वडासँग सम्पर्क गरेर सिफारिस लिएर जानुपर्नेछ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close