अर्घाखाँचीमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि,१२ जना डिस्चार्ज

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा ४४ जना,भुमिकास्थान नगरपालिकामा ३ जना,शितगंगा नगरपालिकामा १ जना र मालारानी गाउँपालिकामा ३ जना गरि ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै हाल सम्म जिल्लाभरमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २९ सय ९३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभरबाट १२ जना कोरोना मुक्त भएसँगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या २५ सय ५८ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।अब जिल्लाभरमा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय १६ पुगेको छ । यस्तै गत बुधबार शितगंगा नगरपालिका वडा नम्बर ४ कि ५२ वर्षिय महिलाको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी आज प्राप्त जानकारि सहित जिल्लाभरमा हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ६९ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close