एमाले फुटाउने अध्यादेश ल्याईए देशभरि आगो बाल्ने नेताःमहेश बस्नेतको चेतावनी

काठमाण्डौं ।नेकपा एमालेका नेता एवम् राष्ट्रिय यूवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले पार्टी फुटाउने अध्यादेश ल्याए आगो बाल्ने बताउनुभएको छ ।आज काठमाडौंमा युथ फोर्स भ्याली कमाण्डको घोषणा एवं सपथ कार्यक्रममा बोल्दै उहाँले एमाले फुटाउने गरी अध्यादेश नल्याउन सरकारलाई चेतावनी दिनुभएको हो । उहाँले एमालेलाई कमजोर बनाउनेगरी अध्यादेश ल्याए युथ फोर्सले देशभरी आगो बाल्ने उल्लेख गर्नुभएको छ ।

यस्तै केपी ओली नेतृत्वको यसअघिको सरकारले गरेका राम्रा काम र नीतिहरु खारेज गरिए देशभरि आगो बाल्ने उहाँको चेतावनी छ । उहाँले भन्नु भयो ,‘नेकपा एमाले बलियो बनाउन हामीले अध्यादेश ल्याउँदा हाम्रो पार्टीका नेता माधव नेपाल र प्रचण्डहरुलाई उचालेर फेल गराउने काम भयो, र कांग्रेसले निकै चर्को र लोकतान्त्रिक भाषण गर्ने कांग्रेस, अब एमाले फुटाउने अध्यादेश ल्याउनुभयो भने त्यसको विरुद्ध प्रतिरोध हुन्छ भनिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close