इलाममा जङ्गली च्याउ खाँदा बाबु छोराको ज्यान गयो

इलाम – इलामको फाकफोकथुममा जङ्गली च्याउको तरकारी खाँदा बाबु–छोराको ज्यान गएकाे छ। ज्यान गुमाउनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बु र उनका छोरा १२ वर्षीय दिवस लिम्बु रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार गएकाे साउन ३ गते घर नजिकैको जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी परेका दुवै जनालाई उपचारका लागि विराटनगरमा रहेकाे नोबेल अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा दुवै जनाको अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिनुभयो ।रासस

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close