भारतमा अलपत्र परेका ४ नेपाली वालवालिकाको उद्धार

बुटवल ।भारतमा अलपत्र परेका ४ नावालकलाई उद्धार गरि नेपाल ल्याईएको छ ।जसमा बैतडीका १५ वर्षीय प्रकाश सिंह महरा, बाँकेको कोहलपुरका ९ वर्षीय रोशन बादी, ७ वर्षीय बिशाल बादी र ५ वर्षीय पुजा बादी पनि घरबाट भागेर भारत पुगेका थिए । प्रकाश पैदल नै भारत पुगेका थिए भने कोहलपुरका ३ जना बालबालिका ट्रकको सहायतामा भारत पुगेका थिए । गलत हातमा पुग्नु अघि नै भारतको सामाजिक संस्थाले उनिहरुलाई बाल आश्रममा राखेका थिए । यसरी बालआश्रममा रहेका उनिहरु चारै जनालाई प्रवासी नेपाली मित्र मंच भारत र मानव कल्याण मित्र मंच नेपालको सहयोगमा उद्धार गरि नेपाल फिर्ता ल्याईएको छ ।
४ बालबालिका मध्ये ३ जनालाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीको रोहबरमा कोहलपुर नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष तिरथराम थारु मार्फत् आफन्तको जिम्मा लगाइएको छ । भने एक जनालाई केही दिनका लागि कोटिहवास्थित बालगृहमा राखिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close