अर्घाखाँचीमा अरिंगालले टोक्दा २ जना गम्भिर घाइते

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा अरिंगालले टोक्दा २ जना महिला गम्भिर घाइते भएका छन ।जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ५ असुरकोटका स्थानीय नबिना थापा र गिता राना लाई घर नजिकैको बारीमा घाँस काट्ने क्रममा एक्कासी आएको अरिंगालले समुहले शरीरका विभिन्न मागमा टोक्दा गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
घाइते थापा र रानाको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार हुन नसक्दा थप उपचारको लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिनुभयो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close