अर्घाखाँचीमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि,३३ जना डिस्चार्ज

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा ५१ जना, भुमिकास्थान नगरपालिकामा ३ जना,मालारानी गाउँपालिकामा ३ जना,पाणिनी गाउँपालिकामा ३ जना,पाणिनी गाउँपालिकामा ८ जना र छत्रदेव गाउँपालिकामा ४ जना गरि ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै हाल सम्म जिल्लाभरमा कुल कोरोना संक्रमितको संख्या ३३ सय २० पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभर बाट ३३ जना कोरोना मुक्त भएर डिस्चार्ज भए संगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या २६ सय९७ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।अब सक्रिय कोरोना संक्रमितको संख्या ५ सय १९ रहेको छ । यस्तै कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ७१ पुगेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close