अर्घाखाँचीमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा ३० जना,भुमिकास्थान नगरपालिकामा १ जना ,शितगंगा नगरपालिकामा ५ जना,मालारानी गाउँपालिकामा ७ जना र छत्रदेव गाउँपालिकामा १ जना गरि ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै जिल्लाभरमा हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ३३ सय ६५ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भए संगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या २७ सय४९ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।अब जिल्लाभरमा सक्रिय कोरोना संक्रमितको संख्या ५४४ रहेको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिनुभयो । यस्तै जिल्लाभरमा कोरोना संक्रमण बाट हाल सम्म मृत्यु हुनेको संख्या ७२ रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close