टोकियो ओलम्पिकको पदक तालिकामा चीन पहिलो स्थानमा

काठमाण्डौं ।टोकियो ओलम्पिकको पदक तालिकामा चीन पहिलो स्थान निरन्तर कायम राखेको छ ।नवौं दिनको खेल सकिँदा पदक तालिकामा चीनले शीर्षतालाई निरन्तरता दिएको हो।शुरुवाती दुई दिन शीर्षस्थानमा रहेको चीन त्यसपछि पाँचौ दिनसम्म तेस्रो र दोस्रो स्थानमा रहँदा छैटौं दिनपछि शीर्षस्थानमा फर्किएको थियो। चीनले शनिबारसम्म २१ स्वर्ण, १३ रजत र १२ कास्य गरी कुल ४६ पदक जितेको छ।

दोस्रो स्थानमा रहेको आयोजक जापान १७, स्वर्ण ५ रजत र ८ कास्यगरी कुल ३० पदकसहित दोस्रो स्थानमा रहेको छ। शनिबार दुई स्वर्ण जितेको अमेरिका १६ स्वर्ण, १७ रजत र १३ कास्यगरी कुल ४६ पदकसहित तेस्रो स्थानमा यथावत रहेको छ। रसियन खेलाडीको टोली ९आरओसी० ११ स्वर्ण, १५ रजत र ११ कास्यसहित ३७ पदक जित्दै चौथो स्थानमा यथावत रहेको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close