सिद्धबाबामा पहिरोले जिप पुर्दा एकको मृत्यु ,२ घाइते

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डमा पहिरोले जिप पुर्दा एक जनाको मृत्यु भएको छ । आज साँझ ७ बजेतिर भएको घटनामा अन्दाजी २२ बर्षका स्याङ्जा वालिङका आशिष खाँण ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।स्याङ्जाबाट बुटवल आउँदै गरेको लु २ च ७३८७ नम्बरको जिप पाल्पाको तिनाउ गाउँपालिका दोभान नजिकै हेडवर्क्समा माथिबाट खसेको पहिरोले पुरिंदा  ठकुरीको मृत्यु भएको प्रहरीले बताएको छ ।जिपमा
सवार अन्य दुई जना सामान्य घाइते भएका छन् । शव र घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको छ । पहिरो खसेपछि केहीबेर अवरूद्ध भएको सडक पुनः सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close