अर्घाखाँचीमा मोवाइल र ल्यापटप चोरी गर्ने ६ जना पक्राउ

सागर महत / अर्घाखाँची ।अर्घाखाँचीमा मोबाइल, ल्यापटप चाँदीलगायतका सामग्री चोरी गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले प्रक्राउ गरेको छ ।पछिल्लो समय सदरमुकाम सन्धिखर्कलगायतका क्षेत्रमा चोरीका घटना बढ्न थालेपछि प्रहरीले अनुसन्धान बढाएको थियो ।

यसै क्रममा २५ तोला चाँदी, ३ थान ल्यापटप, २५ थान मोबाइल, घडी, रिचार्ड कार्डलगायतका सामग्री चोरी गर्नेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्बरबहादुर थापाले जानकारी दिनुभयो ।पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका ११ का २६ वर्षीय किशन नेपाली, सामान बरामद भएको घरका १८ वर्षीय रोसन नेपालीसहित १७,१५,१३ र १२ वर्षका चारजना बालक पनि रहेका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close