अर्घाखाँचीमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा १३ जना,शितगंगा नगरपालिकामा १२ जना ,मालारानी गाउँपालिकामा १ जना र पाणिनी गाउँपालिकामा १ जना गरि २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३५ सय ५१ जना पुगेको छ ।

यस्तै हाल सम्म कोरोना मुक्त हुनेको संख्या २८ सय २५ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अब जिल्लाभरमा सक्रिय कोरोना संक्रमितको संख्या ६ सय ५२ पुगेको छ ।यस्तै कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ७४ पुगेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close