अर्घाखाँचीमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जसमध्ये सन्धिखर्क नगरपालिकामा २३ जना,भुमिकास्थान नगरपालिकामा ५ जना,शितगंगा नगरपालिकामा १ जना,मालारानी गाउँपालिकामा ३ जना,पाणिनी गाउँपालिकामा २ जना र छत्रदेव गाउँपालिकामा १ जना गरि ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यो सँगै हाल सम्म जिल्लाभरमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३५ सय ८७ पुगेको छ ।

यस्तै हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या २८ सय२५ रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अब सक्रिय कोरोना संक्रमितको संख्या ६ सय ८७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमण बाट जिल्लाको शितगंगा नगरपालिकामा १ जनाको मृत्यु भए सँगै हाल सम्म कोरोना संक्रमण बाट जिल्लामा मृत्यु हुनेको संख्या ७५ रहेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close