सुनसान रहे अर्घाखाँचीमा तीजको मेला भर्ने ठाउँ

सबैको सन्देश /विक्रम पाण्डे अर्घाखाँची ।
नेपाली नारीहरुको महान पर्व हरीतालिका तीजको अबसरमा प्रस्तुत गरीने तीज कार्यक्रमहरुमा यसपाली अर्घाखाँची जिल्ला सुनसान नै रह्यो । विशेष गरी कोरोना भाइरस कोभिड —१९ को कारणले गर्दा गतवर्षमा जस्तो अर्घाखाँचीमा तीजको रौनक आएन ।
अर्घाखाँची जिल्लाका विभिन्न स्थानहरुमा भब्य रुपमा हुने तीज मेला यो वर्ष भने सुनसान नै रहेका छन् । विशेष गरी जिल्लाका भुमिकास्थानको पोखेडाँडा , सितगंगाको ठाडा , सन्धिखर्कको शान्ति बगैँचा , नरपानी , डिभर्नाको सल्लिाकोट ,अर्घा , मालारानीको खन , खनदह , हंसपुरको रतनमारे बजार, बाँगीको नाच्नेडाँडा , छत्रदेवको बल्कोट केरुङ्गा , धरम्पानी , पाणिनीको दुगाफाँट ,पाली लगायतका स्थानहरुमा गतवर्षमा भब्य मेला हुने ठाउँहरु यो वर्ष सुनसान रहेका हुन् । तीजको कुनै पनि कार्यक्रमहरु भएनन् । कोरोनाको कारण यस वर्षको तीज खल्लो भएको छ । तीजमा सबैभन्दा धेरै घुईंचो हुने जिल्लाका विभिन्न ठाउँ सुनसान भएका हुन् ।
अर्घाखाँची जिल्ला यतिबेला लकडाउनमा छ । गत भाद्र ३ गते देखि जिल्लालाई लकडाउन घोषणा गरीएको छ । कोरोना भाइरस संक्रमण हुने भन्दै जिल्ला प्रशासन अर्घाखाँचीले कुनै किसिमका जमघट , मेला महोत्सव नगर्न आग्रह गरेको छ ।
प्रशासनले एक गाउँको मान्छे अर्को गाउँमा जाँदा संक्रमण हुने संभावना बढि हुने हुँदा सकेसम्म आप्ःनै घरमा आप्ःनै परिवार सँग तीज मनाउन सुझाव दिएको हो । लकडाउनले गर्दा दिदीबहिनीहरु आप्ःनो जन्म घर सम्म जान पाएका छैनन् । स्थानीय सरकार तथा जिल्ला तहका निकायहरुले जारी गरेको निर्देशनको पालना गर्दै दिदीबहिनीहरु आप्ःनै घरमा तीज मनाउँदै गरेको भिडियोहरु सामाजिक संजालका पोष्टहरुमा देखिन्छ ।
गत वर्षमा जस्तै डाँडा तथा चौताराहरुमा गएर गाउँने र नाच्ने दिदीबहिनीहरुले घरमा आफन्तहरु जम्मा भएर मनाउँदै गरेका भिडियोहरु समाजिक संजालमा देख्दा पक्कै पनि सरकारको नियमलाई आत्मसाथ गरेको पाइन्छ । तीज अर्को वर्ष पनि आँउछ अर्को वर्ष छमछमी नाचौँला गाउँला ।यो वर्ष कोरोनालाई जित्नुछ । हरीतालिका तीजको अबसरमा सम्पूर्ण दिदीबहिनी आमाहरुलाई तीजको शुभकामना ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close