अर्घाखाँचीमा एकै दिन ४८ जना कोरोना मुक्त,१० जनामा पुष्टि

सागर महत/ अर्घाखाँची ।

अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये सन्धिखर्क नगरपालिकामा ५ जना,भुमिकास्थान नगरपालिकामा १ जना ,मालारानी गाउँपालिकामा २ जना र छत्रदेव गाउँपालिकामा २ जना गरि १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।योसँगै हाल सम्म जिल्लामा कुल कोरोना संक्रमितको संख्या ३ हजार ९ सय २४ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभरबाट ४८ जना कोरोना मुक्त भए संगै हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार ९५ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अब सक्रिय कोरोना संक्रमितको संख्या ७ सय ५० रहेको छ । यस्तै कोरोना संक्रमण बाट हाल सम्म मृत्यु हुनेको संख्या ७९ रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close