पहिरोमा पुरिएर अर्घाखाँचीमा एक पुरुषको मृत्यु

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पहिरोले पुरेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ मैदानमा खसेको पहिरोमा परेर धातिवाङ्ग घर भएका अन्दाजी ४३ वर्षीय मानबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
स्थानीय मेघराज घिमिरेको घरमा प्लाष्टर गर्ने क्रममा हिजो साँझ ५ बजेको समयमा घर माथिबाट पहिरो खसेर पुरेको र राति १० बजे ५ घण्टा पछि जेसिबी, स्थानीय ,प्रहरीको सहायतामा मान बहादुरको शव पहिरो बाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक अम्मरबहादुर थापाले जानकारी दिनुभयो । पहिरोमा पुरिएका सुनारको शव थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close