अर्घाखाँचीमा एकै दिन ८७ जना कोरोना मुक्त,५ जनामा संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा एकै दिन ८७ जना कोरोना मुक्त भएका छन ।सन्धिखर्क नगरपालिकामा ३३ जना,भुमिकास्थान नगरपालिकामा १ जना,शितगंगा नगरपालिकामा १२ जना,मालारानी गाउँपालिकामा ३ जना,पाणिनी गाउँपालिकामा ३५ जना, र छत्रदेव गाउँपालिकामा ३ जना गरि ८७ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका हुन । योसँगै हाल सम्म जिल्लाभर कोरोना मुक्त हुनेको संख्या ३ हजार १सय८५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालिकामा १ जना र मालारानी गाउँपालिकामा ४ जना गरि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।यो संगै हाल सम्म संक्रमित हुनेको संख्या ३ हजार ९ सय २९ पुगेको छ । अब सक्रिय कोरोना संक्रमितको संख्या ६सय ६८ रहेको छ । यस्तै कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ७९ रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close