अर्घाखाँचीमा १० दिनको लागि निषेधाज्ञा थप

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि पुन १० दिनका लागि कडाइका साथ निषेधाज्ञा जारी हुने भएको छ ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले आज राति १२ बजेदेखि लागु हुने गरियस अघिको निषेधाज्ञा लाई निरन्तरता दिदै भाद्र ८ गते सम्मको लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
निषेधाज्ञामा खाद्य, फलफूल, डेरी, तरकारीजस्ता अत्यावश्यक पसल स्वास्थ्य मापदण्ड पालना गरेर बिहान ६ देखि ९ बजेसम्म खोल्न दिइने निमित्त प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिनुभयो । यस्तै अति अत्यावश्यक बाहेकका सम्पुर्ण यातायातका साधन बन्द रहने छन् भने बैंक तथा वित्तीय संस्था बिहान ६ बजेदेखि ९बजे सम्म खुल्न दिइने जनाइएको छ ।यस्तै निर्माणका काम बन्द गरिने छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close